नेपालमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि,थप ८३ जना डिस्चार्ज

काठमाडौं,फागुन २१। नेपालमा थप १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय ३२ जना सक्रिय संक्रमित छन्।

 

 पछिल्लो २४ घण्टामा ६ हजार १ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ८५ हजार १ सय ९० पुगेको छ।यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ।

 

 पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ५८ जना क्वारेन्टाइनमा छन्।पछिल्लो २४ घण्टामा ८३ जना उपचारपछि डिस्चार्ज भएका छन्।