क्रान्तिकारी माओवादी निकट चम्पादेवी-उपत्यका सम्पर्क भेला सम्पन्न,५१ सदस्यीय सम्पर्क कमिटी गठन

काठमाडौं ,फागुन २३। नेकपा (क्रान्तिकारी माओवादी) समर्थित जिल्ला जनगणतान्त्रीक सम्पर्क मञ्च ओखलढुंगा-चम्पादेवी गाउँ पलिकाको सम्पर्क भेला मिलन श्रेष्ठ नेतृत्वमा ५१ सदस्यीय सम्पर्क कमिटी निर्वाचित गर्दै सम्पन्न भएको छ । भेलामा ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँ पालिका स्थायी घर भई काठमाडौ उपत्यका भित्र बसोबास गर्दै आएका मजदुर, युवा, विद्यार्थी र विभिन्न पेशाकर्मि हरुको उपस्थिति रहेको थियो ।
भेलालाई प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) का पिबिएम दिनेश शर्मा क. सागर, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव क. वसन्त बोगटी, जिल्ला जनगणतान्त्रीक सम्पर्क मञ्चका केन्द्रीय संयोजक विष्णु खड्का, गणेश घिमिरे, अर्जुन बोगटी, युवराज थापा र सुनिता बुढाथोकीले सम्बोधन गर्नु भएको थियो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि क. सागरले ओखलढुंगाको चम्पादेवी आगामी नयाँ जनवादी क्रान्तिको निम्ति नयाँ रुकुम रोल्पा बन्न सक्ने बताउदै युवाहरूलाई क्रान्तिका निम्ति तयार रहन अपिल गर्नुभयो । “चम्पादेवी आगामी क्रान्तिको रुकुम-रोल्पा हो । युवा क. हरु नयाँ जनवादी क्रान्तिमा तपाई हरुको भुमिका महत्त्वपूर्ण हुन्छ । भुमिका पुरा गर्ने समय आएको छ । तयार रहनुहोस ।”
चम्पादेवी-उपत्यका सम्पर्क मञ्चका निवर्तमान संयोजक रमेश बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई चम्पादेवीका युवा नेता रविन दाहालले सञ्चालन गर्नु भएको थियो ।