नेपालमा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि,थप १ जनाको मृत्यु

काठमाडौँ,फागुन २४। नेपालमा थप ८९ जनामा कोरोना पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ८१० पुगेको छ । त्यस्तै थप १ जना संक्रमितको मृत्यु भएको छ ।

 

हालसम्म नेपालमा तीन हजार ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ४२ जना कोरोनामुक्त हुँदा हालसम्म दुई लाख ७० हजार ९२७ जना निको भएका छन् ।

 

हाल नेपालमा ८७२ जना आइशोलेशनमा र ५५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ९७ हजार २३५ वटा पीसीआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।