बारामा बिहानै २१ वर्षिय युवकको घाटी रेटी हत्या

काठमाडौं,फागुन २५ । बाराको निजगढ नगरपालिका ९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो ।  

 

काले भन्ने रोहितको गएराती घरमै घाटी रेटी हत्या भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जानकारी दिए ।

 

घटनाबारे थप विवरण आउनै बाँकी रहेको प्रहरीले जनाएको छ । घरमै एक्लै रहेको अवस्थामा अज्ञात व्यक्तिले उनको हत्या गरेको स्थानीयले जनाएका छन् ।

 

उनले पेन्ट सम्बन्धि काम गर्दै आएका थिए । घटनास्थलमा ईप्रका निजगढको प्रहरी टोली परिचालन भएको छ भने जिल्ला प्रहरी कार्यालय बाराको टोली समेत आउदै गरेको प्रहरीले जनाएको छ।अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।