बलात्कार र करणी प्रयास गर्ने ३ जना पक्राउ

काठमाडौं,फागुन २९ । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका-३१ बस्ने २२ वर्षीय अनिल कुशवाहा, सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ बस्ने १८ वर्षीय रोशनकुमार यादव र पटेर्वासुगौली गाउँपालिका-४ बस्ने १९ वर्षीय अविशेक दास थारुलाई पक्राउ गरेको छ।

 

 

उनीहरु छुट्टाछुट्टै घटनामा संलगन रहेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।कुशवाहा र यादवविरुद्ध जबर्जस्ती करणीको र थारुविरुद्ध जबर्जस्ती करणी उद्योगमा संलग्न भएको आरोप पक्राउ गरिएको हाे।

 

 जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।