कञ्चनपुरमा बस र मोटरसाइकल ठोक्किदा २ जना घाइते,घाइते मध्ये १ जनाको अवस्था गम्भीर

काठमाडौं,चैत २। कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ स्थित पूर्वपश्चिम राजमार्ग अन्तरगत गए राति बस र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन्।घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढीबाट महेन्द्रनगरतर्फ गइरहेको ना ५ ख ८९३२ नम्बरको बस र विपरित दिशातर्फ गइरहेको सुप प्र. ००१–०८–प १५२७ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको हो। मोटरसाइकलमा सवार २ जना घाइते भएकाे प्रहरी जनाएकाे छ।

 

मोटरसाइकलको पछाडि बस्ने कैलालीको गौरीगंगा नगरपालिका ६ बस्ने वर्ष २२ का दीपक बोहराको टाउकोमा चोट लागेको छ,भने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

 

त्यस्तै, मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय ललित नाथको हात खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरी जनाएकाे छ।

 

उनीहरुको कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जनाइएको छ।