फिल्ममा आफूलाई पृथक शैलीमा प्रस्तुत गर्न:अभिनेत्री केकी अधिकारीको नयाँ लुक्स

काठमाडौँ,चैत २। अभिनेत्री केकी अधिकारीले आफ्नो कपाल मुन्डन गराएकी छन् । आइतबार उनले इन्स्टाग्रामको स्टोरीमा अपलोड गरेको केही भिडियोमा उनको कपाल मुन्डन गरिएको देख्न सकिन्छ ।

 

इन्स्टाग्राममार्फत उनले आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन् । कपाल किन खौरिएको भनेर केही नबताए पनि उनले आफ्नो आगामी प्रोजेक्टमा फरक भूमिकामा देखिने संकेत दिएकी छन् । पहिलो भिडियोमा उनले क्याप्सन लेखेकी छिन् –’चेञ्ज इज ब्यूटिफूल, बाल्ड इज ब्यूटिफूल ।

 

तेस्रो भिडियोमा उनले लेखेकी छिन् –‘ह्वाइ, ह्वाइ नट ? अन्तिम भिडियोमा उनले युवतीहरु मुडुलो कपालमा झन् बोल्ड हुने आशय व्यक्त गरेकी छिन्। अभिनेत्री अधिकारीले कपाल मुडुलो पार्ने कारण भने खुलाएकी छैनन्।

 

यद्यपि यतिबेला उनी ‘बोक्सीको घर’ फिल्ममा सक्रिय छिन् । उक्त फिल्म तीन वर्षअघि मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ।

 

यो फिल्ममा केकी नै प्रमुख भूमिकामा छिन्। फिल्ममा आफूलाई पृथक शैलीमा प्रस्तुत गर्नकै लागि केकीले कपाल खौरिएको अनुमान गरिएको छ।