पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ३५ हजारमा कोरोना पुष्टि

काठमाडौँ,चैत ४। पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ३५ हजार ७७५ जना कोरोना संक्रमित छन्। ब्राजिलमा सबैभन्दा बढी ८४ हाजार १२४ जनामा संक्रण पुष्टि भएको छ। यो अवधिमा दुई हजार ७९८ जनाको मत्यु भएको छ।

 

अमेरिकामा ५० हजार २७९, भारतमा २८ हजार ८६९, फ्रान्समा २९ हजार, इटलीमा २० हजार ९०० संक्रमित भेटिएका छन्।

 

यस्तै, अमेरिकामा एक हजार ७६ जनाको मृत्यु भएको छ। रुसमा ४४३, इटलीमा ५०२, जर्मनीमा ३१६ र भारतमा १८७ जनाको मृत्यु भएको छ।

 

विश्वभर कुल मृतकको संख्या २६ लाख ८१ हजार ५६४ पुगेको छ। संक्रमित हुनेको संख्या कुल संख्या १२ करोड १२ लाख १४ हजार ६६६ पुग्दा नौ करोड ७७ लाख ८६ हजार २९६ जना संक्रमण मुक्त भएका छन्।

 

08:21:44