चामल र खाने तेलको मूल्य वृद्धिले उपभोक्ताको ढाड सेकिने गरि भाउ बढेको बढ्यै(मूल्य सूचीसहित)

काठमाडौं,चैत ६ ।बजारमा खाद्यन्नको मूल्य वृद्धिमा अनियन्त्रित र उतार चढाब देखिएको छ।+ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार हरियो तरकारी, मसला र फलफूलको भाउमा खासै ठूलो उतार चढाब छैन्।

 

तर खाद्यन्नतर्फ भने व्यवसायीहरुले चामल र खाने तेलको भाउ भने झनै बढाएका छन् ।दाल, चामल र तेलको मूल्यमा वृद्धि देखिएको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ । 

 

किलोमा ५९ रुपैयाँ रहेको जिरामसिनो चामलको भाउ ६६ रुपैयाँ पुगेको छ भने मासको दाल किलोमा तीन रुपैयाँले बढेर १६१ रुपैयाँ तोकिएको छ।

 

बजारमा तोरीको तेलको भाउ २७५ रुपैयाँबाट बढेर २८५ रुपैयाँ पुगेको छ भने सोयबिनको तेलको भाउ पनि लिटरमा १० रुपैयाँले बढेको छ ।

 

यस्तै सूर्यमूखी तलेको भाउ पनि लिटरमा १० रुपैयाँले बढाएर २२५ रुपैयाँ कायम भएको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ ।

 

यस्तै यो साता ब्रोइलर कुखुराको मासुको भाउ पनि बढेको छ । मासुको भाउ १० देखि १५ रुपैयाँले बढेर प्रतिकिलो ४२० रुपैयाँसम्म पुगेकोे राष्ट्रिय मासु व्यवसायी संघले जनाएकाे छ ।

 

 बजारमा खाद्यन्नको मूल्य वृद्धि अनियन्त्रित भए पनि यो साता पनि यससँग सम्बन्धित बजार अनुगमन भने कुनै निकायबाट हुन सकेन ।

 

खाने तेल र खाद्यन्नको मूल्यले उपभोक्ताको ढाड सेकिएको छ वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने  अनुगमनलाई तीब्रता दिएको छैन् ।

यस्ताे छ,मूल्य सूची-