दाङमा स्कुल बस दुर्घटना हँदा एक जनाको मृत्यु, २२ जना घाइते

काठमाडौं,चैत १० । दाङको तुलसीपुर उपमहानगरपालिका-१५ को सरैयाडाँडा चोकमा आज बिहान स्कूल बस दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका-१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ।  

 

 तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा १ क ४३३ नम्बरको बस दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् ।

 

घाइते मध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी तुलसीपुरले जनाएकाे छ ।

 

तुलसीपुर उपमहानगरपालिका-१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।