आज फेरि सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार

काठमाडौं,चैत १७ ।नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलवार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो ।

 

 

यस्तै तेजावी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ।यसैबीच मंगलवार चाँदीको मूल्य पनि घटेको छ।

 

 

सोमवार तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार घटेर तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।