नेपाली दूतावासले बहराइनबाट ल्याइएको खोप चिनियाँ कम्पनीको,किन दियो दूतावासले झुटो विवरण,यस्तो छ,(विज्ञप्तिसहित)

काठमाडौं,चैत १७। स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागको अनुमतिबिना नै बहराइनबाट नेपाल ल्याइएको कोरोना खोपका विषयमा बहराइनस्थित नेपाली दूतावासले झुटो जानकारी दिएको पाइएको छ।

 

बहराइनस्थित नेपाली दूतावासले चैत २ गते प्रेस विज्ञप्ति जारी गर्दै बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको १५ जनाको टोली नेपाल आउने क्रममा २ हजार डोज खोप पनि नेपाल लगेको जानकारी दिएको थियो। दूतावासले सो क्रममा उक्त खोप एस्ट्राजेनिकाको भएको उल्लेख गरेको छ।

 

 

तर नेपालमा आएको उक्त खोप एस्ट्राजेनिकाको नभई चीनमा उत्पादित खोप रहेको पाइएको छ। औषधि व्यवस्था विभागका अनुसार सो खोप सिनोफार्म अन्तरगतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोप ‘सार्स -कोभ -२ भ्याक्सिन (भेरो सेल) रहेको पाइएको हो।

 

विभाग र मन्त्रालयसँग स्वीकृति नै नलिई दूतावासले पठाएको खोपका विषयमा दूतावासले किन झुटो बोल्योरु विभागका एक कर्मचारी भन्छन् ।

 

बहराइनले सहयोग गर्छु भनेपछि उनीहरुले नियम कानुन केही नहेरी आँखा चिम्लेर विश्वास गरेका कारण यो समस्या आएको हुनसक्छ। भ्याक्सिन जस्तो कुरामा यसरी अरुको कुरा पत्याएर नेपाल पठाउनु गलत हो।

 

उनले नेपालमा आउने जुनसुकै खोप तथा औषधि विभागले स्वीकृति दिएपछि मात्र ल्याउन मिल्ने जानकारी दिए।

 

स्वास्थ्य मन्त्रालयसँग समन्वय नै नभइ ल्याएको उक्त खोपका विषयमा स्वास्थ्यखबरमा समाचार प्रकाशित भएपछि मन्त्रालयले विभागलाई खोपका विषयमा छानबिन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।

 

छानबिनका क्रममा बहराइनको दूतावासबाट झुटो जानकारी दिइएको, खोप एस्टाजेनिकाको नभएर चिनियाँ कम्पनीको भएको पाइएको हो।

 

विभागले उक्त खोपका विषयमा आवश्यक अनुसन्धन गरेर प्रतिवेदन मन्त्रालमा बुझाइसकेको छ। तर मन्त्रालयले उक्त खोपका विषयमा के गर्ने भन्ने निर्णय गरेको छैन।

 

बहराइनबाट आएको उक्त खोप नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति पाएको खोप भएपनि स्वास्थ्य मन्त्रालयसँग समन्वय नै नभइ ल्याएको हुँदा प्रयोग गर्नेरनगर्ने भन्ने विषयमा भने छलफल गर्न बाँकी नै रहेको छ। सो खोपलाई हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोप भण्डारणमा नै राखिएको छ।

यस्ताे छ, दूतावासले निकालेको विज्ञप्ति