शिक्षा र स्वास्थ्य क्षेत्र,दलाल,भ्रष्ट माफियाहरुको नियन्त्रणमा:अध्यक्ष गजुरेल

कञ्चनपुर,चैत १८।नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले कञ्चनपुरमा जिल्ला भेला आयोजक समिती गठन गरेको छ।
 
 
बुधबार महेन्द्रनगर स्थित होटेल बाह्सिंहमा अखिल (क्रान्तिकारी)ले एक कार्यक्रम गर्दै जनक अवस्थीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला भेला आयोजक समिती गठन गरेको हो।
 
 
अखिल क्रान्तिकारी सुदूरपश्चिम संयोजक पुष्कर भट्टले कञ्चनपुरमा ११ सदस्यीय जिल्ला भेला आयोजक समिती चयन गरीएको जानकारी दिए।
 
 
समितीमा टेक नेपाली सह संयोजक चयन भएका छन्। त्यस्तै सदस्यमा वशन्त भट्ट, नवराज पन्त, दलराम ठकुल्ला, नागेन्द्र जोशी, देवराज ओझा, रविन्द्र पन्त चयन गरीएका छन्।
 
 
अन्य थप ४ सदस्य पछि थप्ने गरी आज ११ सदस्यीय जिल्ला भेला आयोजक समिती गठन गरीएको अखिल क्रान्तिकारीका प्रदेश संयोजक जोशीले बताए। उनले जिल्ला भेला छिट्टै तोक्ने गरी समितीले काम गर्ने बताए।
 
 
त्यस्तै आयोजक समिती गठन पछि अखिल (क्रान्तिकारी)ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरी कृष्ण गजुरेलले अबको बिकल्प जनगणतन्त्र स्थापना गर्दे बैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य रहेको बताए।
 
 
मुलुकलाई राजनितिक अस्थीरता तर्फ धकेलीरहेका वर्तमान सत्ताधारीहरु अब धेरे टिक्न नसक्ने उनले बताए। उनले जसका लागी अखिल (क्रान्तिकारी)ले अबको नेत्तृत्व लिने उनले बताए।
 
 
पत्रकार सम्मेलनमै बोल्दै उनले पुष्पकमल दाहाल प्रचण्ड ‘निकम्मा’ भएका आरोप लगाएका छन्। मुलुकमा आज डरलाग्दो स्थिती सृजना हुनुमा पुष्पकमल दाहालको ठुलो संड्यन्त्र रहेको उनले दाबी गरे।
 
 
नेकपालाई अदालतले अहिले पुरानै अवस्थामा ल्याइदिएपछि उनिहरुको जस्तो बेहाल कसैको नभएको उनले बताए। आपसी समझदारी गर्न नसक्ने यी दलालहरुले मुलुकलाई अस्थिरता तर्फ धकेलेको उनले बताए।
 
 
अहिले मुलुकलाई विकासका नाममा विनास, समृद्धका नाममा उधम गतिमा लगेको उनले आरोप लगाए। उनले भने,–‘ सबै भन्दा अचम्मको कुरा त प्रचण्ड जस्तो सुकै नाकट गर्न पनि तयार रहने।
 
 
प्रचण्ड त दिनमै १० चोटी कुरा फेर्ने, उहात अचम्मको मान्छे हुनुछुन्छ। उहाको त घण्टा-घण्टामा कुरा फेर्नुहुन्छ, उहाँ जस्तो दुई जिब्रे निकम्मा कोही छैन्।
 
 
प्रचण्डले भाषणमा केपीओलीले माधवलाई आफ्नो कार्यकर्ता भन्ने गरेको भाषण गर्ने गरेका उनले बताए। तर वास्तविकता भने उहा आफै माधव नेपाल र झलनाथ खनालको कार्यकता भएको उनले आरोप लगाए।
 
 
दश वर्षको जनयुद्धको नेतृत्व आज कुन अवस्थामा पुग्यो ? उनले भने–‘क्रान्तिको नायक आज खलनायकमा बदलिएको छ।’ उनले अबको नेतृत्व अखिल (क्रान्तिकारी)ले गर्ने बेला आएको बताए।
 
 
शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने उनले बताए। सर्वसुलभ र जनताको पहुँचमा हुनुपर्ने उनले जिकिर गरे। अहिलेको शिक्षा दलाल, भ्रष्ट र शैक्षीक माफियाहरुको नियन्त्रणमा रहेको आरोप लगाए।
 
 
उनले शैक्षीक क्षेत्रको समग्र बिकासका लागी शिक्षा र स्वास्थ्य पुर्ण रुपमा निःशुल्क गर्नका लागी अखिल (क्रान्तिकारी) संघर्षरत रहेको बताए।