महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर,एकजना घाइते

काठमाडौं,चैत १९ । महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।जिल्लाको औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले गोली चलाउदा बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ ।

 

 कोइरालामाथि दुई गोली प्रहार गरिएको थियाे भने, एउटा गोली उनको हातमा र अर्को कोखामा लागेको प्रहरीले जनाएकाे छ । 

 

घाइते भएका कोइरालालाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा भर्ना गरिएको छ ।उनका अनुसार घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।