नेपालमा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि,थप १ जनाको मृत्यु

काठमाडौं,चैत १९ । नेपालमा थप १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार २१३ जनाको नमुना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा कुल संक्रमित संख्या २ लाख ७७ हजार ४६१ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार ८५१ जना संक्रमणमुक्त भएका छन् ।

 

 

 पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएकाे छ।त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।