नेपालमा थप १२८ जनामा कोरोना संक्रमण पुष्टि,थप १६१ जना डिस्चार्ज

काठमाडौं,चैत २१। नेपालमा थप १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ६ सय १३ जना सक्रिय संक्रमित छन्।

 

 पछिल्लो २४ घण्टामा २ हजार ७ सय २७ जनाको पिसिआर परीक्षण गर्दा १ सय २८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ८१ हजार ८ सय ३२ पुगेको छ।

 

 पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३२ पुगेको छ। हाल ५९ जना क्वारेन्टाइनमा छन्।

 

 पछिल्लो २४ घण्टामा १ सय ६१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार १ सय २३ जना पुगेको मन्त्रालयले जनाएको छ।