नेपालमा थप २ सय ६० जनामा कोरोना संक्रमण पष्टि,थप १ सय १३ जना डिस्चार्ज

काठमाडौं,चैत २४। नेपालमा थप २ सय ६० जनामा कोरोना संक्रमण पष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ९ सय ७९ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा ४ हजार २ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा २ सय ६० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ९४ हजार ६७ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्यु संख्या शुन्य छ। नेपालमा हालसम्म कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३६ पुगेको छ। हाल ६९ जना क्वारेन्टाइनमा छन्।

 

पछिल्लो २४ घण्टामा १ सय १३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ४ सय ५५ जना पुगेको मन्त्रालयले जनाएको छ।