यी प्रदेशका एकदुइ स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं,चैत २५। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ।

 

 

हाल मौसमको अवस्था देशको पश्चिमी पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ भने देशका धेरै भूभागहरुमा तुवांलो लागेको अवस्था छ ।

 

 

 आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा र बाँकि पहाडी भूभागका एक वा दुइ स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

 

 

त्यस्तै आज राती प्रदेश नं १ र सुदुर पश्चिम प्रदेश साथै अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

 

 देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको साथै देशको तराई र पहाडि भुभागका अधिकांश स्थानहरुमा तुवांलो लागेकोले सो वाटसमेत बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।