भारतमा कोरोना संक्रमण फैलिने क्रम तिव्र,एकैदिन १ लाख १५ हजारमा संक्रमित

काठमाडौं,चैत २६ । भारतमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ । कोरोनाको दोस्रो लहर आएको भारतमा पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ७३६ संक्रमित थपिएका छन् ।

 

विश्व स्वास्थ्य संगठनका अनुसार सोही अवधीमा ६३० कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म १ लाख ६६ हजार १७७ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

 

 

तथ्यांक अनुसार भारतमा हालसम्म १ करोड २८ लाख १ हजार ७८५ जनामा कोरोना संक्रमण भइसकेको छ ।

 

कोरोनाको दोस्रो लहर फैलिएसँगै भारतका विभिन्न क्षेत्रमा सरकारले भीडभाड हुन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड पुनः लागु गर्न सुरु गरेको छ ।