क्रान्तिकारी युवाहरुले सोच्ने बेला भएको छ?

–सीपी गजुरेल

सामान्यतया युवा उमेरमा हरेक मानिसमा जोस र जाँगर भएको पाइन्छ । तर, त्यो जोश र जाँगर के का लागि ? भन्ने प्रश्न महत्वपूर्ण हुन्छ ।

 

जोस र जाँगर भनेकै क्रान्तिकारीपन हो भन्ने अर्थ पनि लगाउने गरिन्छ । तर त्यो कुरा सत्य होइन । को क्रान्तिकारी हो, कुन युवा क्रान्तिकारी हो र को होइन, भन्ने पहिचान गर्नका लागि क। माओको यो कथन धेरै महत्वपूर्ण मानिन्छ ।

 

माओ भन्नुहुन्छ, “एउटा युवा क्रान्तिकारी हो वा होइन भनेर कसरी पहिचान गर्ने? कसरी भन्ने? त्यसको निमित्त एउटै कसी हुन्छ, उसले आफैलाई मजदुर–किसान जन समुदायसँग एकाकार हुन रुचाउँछ कि रुचाउँदैन र व्यवहारमा उसले त्यो प्रमाणित गर्छ कि गर्दैन ?

 

यदि उसले त्यो साँच्चै इच्छा गर्छ र वास्तवमा नै लागु गर्छ भने उ एउटा क्रान्तिकारी हो । यदि उसले त्यसो गर्दैैन भने उ एउटा गैह्र क्रान्तिकारी अथवा प्रतिक्रान्तिकारी हो ।

 

यदि उ आज मजदुर र किसान जन समुदायसँग एकाकार हुन्छ भने उ आजको क्रान्तिकारी हो । यदि भोलि गएर उ त्यस्तो हुँदैन अथवा जनतालाई शोषण गर्ने काममा लाग्छ भने उ गैह्रक्रान्तिकारी अथवा एउटा प्रतिक्रान्तिकारी हुन्छ ।

(माओ संकलित रचना भाग दुई, अंग्रेजी ) क.माओको यो कथन आजको नेपालको क्रान्तिकारी आन्दोलनका र त्यसमा सम्मिलित युवाहरुको विषयमा एकदम राम्रोसँग मेल खान्छ ।

 

नेपालमा कम्युनिस्ट आन्दोलनको लामो इतिहास छ । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना ००६ सालमा भएको हो । कम्युनिस्ट आन्दोलनमा धेरै युवाहरु सम्मिलित भए ।

 

उनीहरुले इतिहासको क’नै कालखण्डमा निकै महत्वप’र्ण भूमिका पनि खेले । उनीहरुले नेपालका श्रमिक वर्गको पक्षमा आफ’लाई उभ्याए । उनीहरु खास समय सम्म उम्दा क्रान्तिकारी पनि बने ।

 

हरेक क्रान्तिकारी आन्दोलन उतार चढावका वीचबाट अघि बढ्द छ । हरेक क्रान्तिले प्रतिक्रान्तिको सामना गर्दै अघि बढ्ने वैज्ञानिक नियम नै हो । हरेक क्रान्ति सफलता र असफलताका वीचबाट नै अघि बढ्द छ ।

 

यो उतार चढाव सँग सगै, सफलता र असफलता सँगसँगै कति क्रान्तिकारिहरु दृढ भएर टिकेर बस्दछन्, कति टिक्न सक्दैनन् ।

 

सफलतामा त उनीहरु उत्साहित भएर लाग्दछन्, तर असफलताको समयमा उनीहरु आत्म सुरक्षा र निजी फाइदाको बाटोतिर लाग्दछन् । उनीहरुले दर्शन, सिद्धान्त, राजनीति, वर्ग सबै परित्याग गर्न पुग्दछन् ।

 

कतिले प्रतिकृयावादी समक्ष आत्मसमर्पण गर्दछन् । उनीहरु माओले संश्लेषित गर्नुभए जस्तै गैह््क्रान्तिकारी वा प्रतिक्रान्तिकारी बन्न पुग्दछन् ।

 

जनयुद्धका समयमा माओको यो कथन सबै क्रान्तिकारी युवाहरुको जिब्रो मै झुण्डिएको थियो– “संसद भनेको खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने पसल हो ।

 

कुनै समयका क्रान्तिकारी युवा नेता र कार्यकर्ताहरु केही समयदेखि यता त्यही खसिको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने भव्य पसल थापेर बसेका छन् ।

 

उनीहरुले त्यही व्यापारलाई नै आफ्नो मुख्य पेसा बनाएका छन् । हिजो आज उनीहरु यो जस्तो राम्रो र इमान्दार पेसा संसारमा अरु केहि छैन भनेर प्रचारबाजी गरिरहेका छन् ।

 

केहि समयअघिबाट त्यो भव्य पसलका मालिकहरु वा प्रमुखहरुका बीचमा झगडा चलिरहेको छ । त्यहाँ काम गर्ने युवाहरुमध्ये कोही एउटा र कोही अर्कोको पक्ष र विपक्षमा डटेर लागेका छन् । प्रमुखहरुले यसलाई वारपारको लडाईं भएको बताइरहेका छन् ।

 

एकजना प्रमसखले यो लडाईंको अग्रपंक्तिमा आफैं उभिने र भिडन्त गर्न आफ्नो टाउको चिलाएको अभिव्यक्ति दिएका छन् । अर्काले कपालमा चाया परेर चिलाएको होला भन्ने जवाफ दिएका छन् ।

 

उनीहरुको बीचमा दोहोरी चलिरहेको छ । यो दोहोरीलाई नेपाली दर्शकले खूब चाख मानेर सुनिरहेका र हेरिरहेका छन् । उनीहरुले दर्शकहरुलाई पनि लडाईंमा सामेल हुन अपिल गरिरहेका छन् । तर, दर्शक आफ्नै ठाउँमा छन् । उनीहरु लामबन्दी भैरहेका छैनन् ।

 

नेपाली समाजलाई रुपान्तरण गर्न, नेपालमा जनगणतन्त्रको स्थापना नहुँदासम्म विश्राम लिने छैनौं भन्ने कसम खाएर हिँडेका युवाहरु उही नामको पार्टीका दुई पक्षमा विभाजित भएर भिडन्त गर्न कम्मर कसेका छन् भन्ने प्रचार भैरहेको छ ।

 

गाली गलौज र जुहारी बाहेक त्यस प्रकारका भिडन्त अहिलेसम्म देखिएको छैन । प्रदेश नं १ र प्रदेश नं ३ मा राम्रै रिहर्सल भएको छ भिडन्तको भन्ने चर्चा चलेको थियो । तर त्यस्तो भिडन्त भएन । भिडन्तको हल्ला मात्र रहेछ भन्ने पुष्टि भयो ।

 

गत पौष ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्टपतिले संसद विघटन गरेको परिघटनाबाट नेपालको राजनीति तरंगित भएको छ ।

 

संसदीय राजनीति यतिखेर दुई खेमामा विभाजित भएको देखिन्छ: विघटित संसदको पुनस्र्थापना गर्ने पक्ष र संसद विघटनपछि मध्यावधि निर्वाचनमा जाने पक्ष ।

 

झण्डै दुई तिहाई बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीले संसदको विघटनको सिफारिस (आधा समयमै संसदको यो विचल्ली) यो व्यवस्थाको सफलता हो कि असफलता हो ?

 

यसको प्रमुख कारक तत्व ओली त हुन् नै । तर, के यो केपी ओलीको मात्र असफलता हो रु उनले नेतृत्व गरेको सरकारको मात्र असफलता हो ? के यो व्यवस्थाको समेत असफलता होइन रु यहि प्रकृयालाई गोल चक्करमा घुमाइरहने कि नयाँ संभावनाको खोजी गर्ने? यो प्रश्न गम्भीर रुपमा उठिसकेको छ ।

 

 

यसको निमित्त सबैले सबै विकल्पलाई खुला गर्न हामी तयार हुने कि यसैमा टाँसिएर बसिरहने वा कुनै पात्रलाई मात्र दोष दिएर गोलचक्करमा घुमिरहने ?  बिना कुनै पूर्वाग्रह युवाहरुले वास्तविकरुपमा समाज रुपान्तरणका लागि व्यवस्थाकैै विकल्पका लागि अघि बढ्ने बेला भएको हो कि? नेपाली युवाहरुले गम्भीरतापूर्वक सोच्ने बेला आएको छ ।

 

अब साँच्चै यो व्यवस्थाको विकल्पको खोजी गर्ने बेला भएको छ । यो सरकारको विकल्प खोज्ने बेला भएको छ ।सभार युवा लिग नेपालकाे स्मारिकाबाट।