सरकार परिवर्तन गर्न खोज्नेलाई ठेगान लगाउने प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं,चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको आरोप लगाएका छन् ।

 

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको आरोप लगाएका हुन् ।

 

विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरुले सरकारको विकल्प खोज्नेतर्फ उन्मुख भएको भन्दै उनले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई ‘सकुनी’को संज्ञा दिए । उनले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने ‘सकुनीका गोटी’ नै आफुले फ्याकिदिने चेतावनी दिए ।

 

उनले भने,‘सरकार परिर्वतनका प्रयासहरु भईरहेका छन् । सरकार परिर्वतन गर्न खोज्नेहरुलाई मैले सोध्ने गरेको छु । सरकार किन परिर्वतन गर्नुपर्यो रु पुर्ननिर्माणका काम अघि बढीरहेकाले हो रु कि अरु केही कारण छन् ।’

 

३ सय ९ वटा अस्पतालको एकैचोटी सिलान्यास गरेको, १ सय ६५ वटा बाटाहरु एकैपटक सिलन्यास गरेको र एकहप्ता भित्र देश भित्र नयाँ ८ वटा औद्योगिक क्षेत्रहरु स्थापना गरेको भन्दै उनले त्यसैकारण सरकार परिवर्तन खोजेको आरोप लगाए ।

 

‘अस्थिरता ल्याउन खोज्ने तत्वहरु, संसदीय अंकगणितलाई गलत प्रयोजनका लागि पुर्याउने प्रयासहरु, अस्थिरताका लागि अंकगणितको दुरुपयोग गर्न खोज्ने प्रयासहरु विल्कुलै सकारात्मक होईनन् । देश हितमा छैनन् ।

 

विकासको पक्षमा छैनन् । शान्तिको पक्षमा छैनन् । के भएको थियो ? केही भएको थियो र रु सरकार विकासका काममा लागिरहेको थियो । लागिरहेको छ । कहिले तमासा गरेका छन् । ओलीले भने ।

 

उद्योगी व्यवसायीहरुलाई आफ्ना उद्योगमा लाग्न भन्दै प्रधानमन्त्रीले भने,‘तपाईहरु आफ्नो काममा लाग्नुहोस् । मलाई सरकार जान्छ कि भन्ने कुनै पिर पनि छैन । पहिले पनि म सरकारबाट हटाईएको हुँ । फेरि जनताले ल्याए । केही छैन १८/२० महिना होला ।

 

त्यसपछि फेरी यस्तो अंकगणितलाई वरपर पार्न खोज्ने खालका सकुनीका गोटी पनि फ्याकिने छन् । गोटी नै फ्याक्दिएपछि सकुनीले के लडाउँछ।

 

उनले उद्योग व्यवसाय विस्तार र विकासमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै सरकारलाई बुँदागत रुपमा सुझाव दिन आग्रह समेत गरे ।