नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि,काठमाडौं उपत्यकामा मात्र १५४ जनामा संक्रमण

काठमाडौं,चैत २९।नेपालमा थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ९ सय ६१ जना सक्रिय संक्रमित छन्।

 

 पछिल्लो २४ घण्टामा ३ हजार १ सय २५ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ३ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख १२ हजार ९ सय १ पुगेको छ।

 

 

 पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ४० पुगेको छ। हाल ८३ जना क्वारेन्टाइनमा छन्।

 

 

 पछिल्लो २४ घण्टामा १ सय ४१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार २७ जना पुगेको मन्त्रालयले जनाएको छ।

 

 

कुल संक्रमितमध्ये १ सय ५४ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा १ सय २८, ललितपुरमा १५ र भक्तपुरमा ११ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।