नेपालमा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि,काठमाडौं उपत्यकामा मात्र २५४ जनामा संक्रमण

काठमाडौं,बैशाख १।  नेपालमा ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ५८० जना पीसीआर र २३ जना एन्टीजेन पोजेटिभ आएको हो।

 

पछिल्लो २४ घण्टामा ४ हजार २८९ नमुना परीक्षण पीसीआर विधिबाट र ४५१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो।

 

कुल संक्रमितमध्ये २५४ जना मात्र काठमाडौं उपत्यकामा भेटिएको डा गौतमको भनाइ छ। उनका अनुसार भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जना गरी काठमाडौं उपत्यकामा २५४ जनामा कोरोना संक्रमण देखिएको छ।

 

यो सँगै कुल संक्रमितको संख्या २ लाख ८१ हजार ५८७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर ४ हजार ५६ जना सक्रिय संक्रमित रहेका छन्।

 

जसमा ४५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ३ हजार ५९९ जना छन्। देशभरका विभिन्न अस्पतालमा ८० जना आइसीयु र २५ जना संक्रमित भेन्टिलेटरमा उपचारत छन्।

 

पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ६१ पुगेको छ। यस्तै देशभरीमा ७९ जना क्वारेन्टाइनमा रहेका छन्।

 

पछिल्लो २४ घण्टामा १२९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ४४७ जना पुगेको मन्त्रालयले जनाएको छ।