प्रचण्डले लुटपाट गरेर सत्तामा पुग्न खोजेको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौं,बैशाख १ ।नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लुटपाट गरेर सत्तामा पुग्न चाहेको आरोप लगाउनुभएको छ ।

 

काठमाडौंमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो चाहना पूरा नभएपछि प्रतिगमन भयो भनेर हल्ला चलाएको टिप्पणी गर्नुभयो ।

 

प्रधानमन्त्री ओलीले संविधान कहाँ खोसियो ? जनताको अधिकार कहाँ खोसियो भनेर पनि प्रश्न गर्नुभयो ।

 

पूर्व माओवादी लडाकू समेत सहभागी कार्यक्रममा माओवादी केन्द्रका अध्यक्षप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका प्रधानमन्त्रीले प्रचण्डले लाशमाथि टेकेर राजनीति गर्दै जनतालाई धोका दिएको आरोप पनि लगाउनुभयो ।

 

आन्दोलनका शहीद र घाइते योद्धा परिवारलाई राज्यले हेर्ने र रोजगारीको अवसर दिने प्रधानमन्त्रीले आश्वासन दिनुभयो ।