डेब्यु खेलमा आशिफको अर्धशतक,कीर्तिमानी ब्याटिङमा नेपालको शानदार जित

काठमाडौं,बैशाख ४ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध आशिफ शेखले अर्धशतक पूरा गरेका छन् । नेपालका लागि उनको यो डेब्यु खेल हो ।

 

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य पछ्याउने क्रममा ओपनरमा आएका उनले अर्धशतक बनाएका हुन् ।

 

 

३४ बल खेलेका कुशलले चार चौका र चार छक्काको सहयोगमा ५० रन बनाए । डेब्यु खेलमै उनले सफल पारी खेलेका छन् ।

 

उनीसँगै क्रिजमा रहेका कप्तान ज्ञानेन्द्र मल्ले ३ रन बनाएका छन् । १४ ओभर २ बलको समाप्तीमा नेपालले एक विकेटको क्षतिमा १३३ रन बनाएको छ ।

 

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।