हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडाको मूल्यमा वृद्धि,कुन जिल्ला जाँदा कति (मूल्य सूचीसहित)

काठमाडौं,बैशाख ७। हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढेको छ । वायुसेवा सञ्चालक संघले मंगलवार आज देखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।

 

नेपाल आयल निगमले शनिवार रातिदेखि लागू हुने गरी हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ बढाउने निर्णय गरेको थियो । यसअघि प्रतिलिटर  ७४ रहेको इन्धनको मूल्य अहिले  ७६ पुगेको छ ।

 

संघले सोहीअनुसार मुलुकभरका विभिन्न सेक्टरमा हुने उडानका लागि इन्धन शुल्क तोकेको छ । संघले सोमवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी उडानमा भाडा  ८५ बढेको छ ।

 

काठमाडौंबाहेक बेस बनाई उडान गर्ने सेक्टर डोटी–साँफेबगर   १० ले बढेको छ । काठमाडौं–भैरहवा सेक्टर उडानको भाडा ४५ ले बढेको छ ।

 

काठमाडौं–नेपालगञ्जको भाडा  ६५ ले बढेको छ । काठमाडौंं–विराटनगर सेक्टरमा  ५० ले यात्रु भाडा बढेको छ । काठमाडौंं–सिमरामा भने  १५ बढेको छ ।

 

पर्वतीय उडानको पनि भाडादर वृद्धि भएको छ । काठमाडौंबाट र पोखराबाट हुने उडानमा   ६५ भाडा बढेको छ ।

 

यसअघि चैत ६ गते संघले नयाँ भाडादर कायम गरेको थियो । त्यसबेला पनि हवाई इन्धनको मूल्य वृद्धि भएको भन्दै संघले विभिन्न १०० सेक्टरका उडानमा भाडा बढाएको थियो ।आर्थिक अभियानबाट,