वैशाख ९ गतेदेखि लकडाउन हुने

काठमाडौं,बैशाख ७। कोरोना संक्रमितको संख्या बढेपछि नेपालगञ्जकाे बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन गरिने भएको छ। मंगलबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमी) बाँकेको बैठकले संक्रमण रोक्न बिहीबारदेखि लकडाउन गर्ने निणर्य गरेको हो।

 

संक्रमितले अस्पताल भरिन थालेको र संक्रमितको संख्या पनि तीव्र भएपछि लकडाउन गर्ने निर्णय गरेको डिसिसिएमीले जनाएको छ।

 

संक्रमितको संख्या बढेसँगै भेरी अस्पतालमा चैत २० देखि वैशाख ६ गतेसम्म १७ जनाको मृत्यु भएको छ। हिजो मात्र बाँकेमा ३२२ जना संक्रमित थपिएका थिए।