भारतमा एकैदिन ३ लाख ५४ हजार भन्दा बढीमा संक्रमण,२८ सय भन्दा बढीको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं,बैशाख १३ । छिमेकी देश भारतमा पछिल्लो पटक ३ लाख ५४ हजार भन्दा बढी कोरोना संक्रमित थपिँदा २८ सय भन्दा बढीको मृत्यु भएको छ ।

 

भारतमा लगातार पाँचौ दिन पनि कोरोना संक्रमित हुनेको संख्या ३ लाखभन्दा माथि रह्यो । त्यहाँ एकैदिन संक्रमित तथा मृत्यु हुने यो संख्या कोरोना संक्रमण शुरु भएयताकै उच्च हो ।

 

अघिल्लो दिन ३ लाख ४९ हजार भन्दा बढीमा संक्रमण पुष्टि हुँदा २७ सय भन्दा बढीको मृत्यु भएको थियो । संक्रमितको चाप अत्याधिक भएसँगै त्यहाँ कोरोना विशेष अस्पतालहरुमा बेड तथा अत्यावश्यक अक्सिजनको चरम अभावको अवस्था अझै सामान्य हुन सकिरहेको छैन ।

 

अस्पतालमा संक्रमितले अक्सिजन नपाएरै ज्यान गुमाइरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

 

कोरोनाको दोस्रो लहर दिनहुँ भयावह बनिरहेको भारतमा अहिलेसम्म १ करोड ७३ लाख भन्दा बढी संक्रमित हुँदा मृत्यु हुनेको संख्या १ लाख ९५ हजार नाघेको छ ।

 

पछिल्लो समय विश्वमा कोरोनाका ७ लाख ११ हजार बढी संक्रमित थपिए । त्यस्तै ९ हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।