राष्ट्रिय वाणिज्य बैंकको मोवाइल बैंकिङ्ग महामेलाका विजयीहरु घोषणा

काठमाडौं,बैशाख १५। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको RBB Mobile Banking को प्रवद्र्धनको लागि २०७७ चैत ५ गतेदेखि २०७८ बैशाख ५ गते सम्म(एक महिना) एफवान सफ्टको सहकार्यमा संचालन भईरहेकोे RBB Mobile Banking महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका नौ जना विजयीहरुको नाम बुधबार एक समारोहका बिच घोषणा गरिएको छ ।

 

सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले थाइलैण्ड भ्रमणको कपल टुर(4N 5 D) मेगा पुरस्कार प्याकेज पाउनु भएको छ ।

 

यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी M01 Core ब्राण्डको एक एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गर्नु हुने भएको छ ।

 

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा RBB Mobile Banking महामेला कार्यक्रम संचालन गरिरहेको छ ।

 

यसको लागि बैंकको मोवाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ। रा.वा.बैंकसंग खाता खोली मोवाइल बैंकिङ्ग(RBB Smart) बाट डिजिटल कारोबार गर्दा छुट लगायत उपहार पाउने व्यवस्था गरिएको छ ।

 

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, एफवान सफ्टका यासमिन गौतम, अलिसा तन्डुकार लगायतको उपस्थिति रहेको थियो । हाल राष्ट्रिय वाणिज्य बैंकका १४ लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेका छन् ।