आज मिति २०७८ साल बैशाख १७ गते शुक्रबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा-आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । जोश जाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नसक्छ । अप्ठ्यारो र जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि अधुरा कार्यहरू पुरा हुन सक्छ, तर साँझमा धन खर्च भने रहला ।

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । अरुको मन जित्न सकिनेछ । शुभ कार्यको चर्चा चल्नेछ र सन्तान सुख पनि मिल्नेछ ।

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज मन प्रसन्न रहने र स्वादिष्ट भोजन पाइनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा बढी सफलता मिल्ला ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- आज सामाजिक क्षेत्रमा हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि-आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइनेछ ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आज साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । नयाँ योजना बन्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । ज्यो.प. नारायणप्रसाद दुलाल