धौलागिरिमा १५ वर्षअघि हराएको हेलिकोप्टर र दुई जनाको शव फेला

काठमाडौं,बैशाख १७। धौलागिरी हिमालमा १५ वर्षअघि हराएको एउटा हेलिकोप्टर र दुईवटा शव फेला परेको छ। नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२१’अन्तर्गत फोहोर संकलन गर्ने क्रममा सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी कम्पनीको हेलिकोप्टर फेला परेको हो ।

 

नाइन एन ए सीआर कलसाइनको हेलिकोप्टर र त्यसमा सँगै २ शव पनि भेटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

 

सफाइ कर्मचारीले धौलागिरि बेस क्याम्प नजिकै ती शव र क्षतविक्षत अवस्थामा हेलिकप्टर भेटाएका थिए। मृतकको पहिचान खुल्न नसकेकाले छानबिन भइरहेको सैनिक प्रवक्ता सन्तोषबल्भव पौडेलले जानकारी दिनुभयो।

 

 

हेलिकप्टरसँगै भेटिएको शवको व्यवस्थापन गर्न सम्बन्धित निकायसँग छलफल भइरहेको समेत सेनाले जनाएको छ। सगरमाथासहित ६ वटा हिमालको सफाइ गर्न सैनिक टोली खटाइएको छ।