आज मिति २०७८ साल बैशाख १८ गते शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई भेटी चढाएर राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ। महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- धर्म, कर्म, तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । शुभकार्यको योजना हुनेछ । साँझमा पैसा खर्च बढ्नेछ ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आज जोश जाँगर र हिम्मत बढ्नेछ । नयाँ कामको योजना बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा चल्नेछ ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दाम्पत्य जीवन पनि सुखमय नै रहनेछ ।

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नेछ ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- दूरदराज वा परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । रोकिएका व्यापार व्यवसाय विस्तारै सुचारु हुन सक्छ ।

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- मङ्गल कार्यको योजना बन्नेछ । कृषि कार्यमा सहभागी भइएला । नयाँ रोजगारको अवसरले पछ्याउनेछ । स्वादिष्ट खानेकुरा पनि मिल्नेछ ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु-आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि-आज परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । आफन्तसँग भेटघाट हुने छ । उपहार पाइने सम्भावना पनि छ ।

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आज कार्यमा सम्पादनमा समस्या आउला । सरकारी निकायको भय पनि रहनेछ, तर नयाँ कार्य र शुभकार्यको चर्चा चल्नेछ । -ज्यो.प. नारायणप्रसाद दुलाल