क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी ट्रेड युनियन महासंघले निषेधाज्ञाबीच मई दिवसको अवसरमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं,बैशाख १८ । दोस्रो लहरको कोरोना महामारीसँगै सरकारले गरेको निषेधाज्ञाका बीच अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले अन्तरक्रिया कार्यक्रम गरि १३२ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ ।

 

जोरपाटीको नयाँ बस्तीस्थित भैरव अर्याल स्मृति भवनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मजदुर दिवस मनाएको हो ।

 

कार्यक्रममा मजदुर आन्दोलनमा बलिदान गर्ने सहिदहरुको सम्झना गर्दै अहिलेको विश्व र नेपालमा औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका मजदुरहरुले भोग्नु परेका तमाम समस्याहरुको समाधानका लागि फेरि पनि बलिदानीपुर्ण संघर्षको उठान गर्नुपर्नेमा वक्ताहरुले जोड दिनु भएको थियो ।

 

नेकपा ९क्रान्तिकारी माओवादी०का पीवीएम दिनेश शर्मा सागरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले गर्नुभएको थियो भने सञ्चालन महासंघका महासचिव वसन्त बोगटीले गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि दिनेश शर्मा सागर लगायत राष्ट्रिय उद्योग, व्यापार, व्यवसाय महासंघका केन्द्रीय संयोजक जितेन्द्र दाहाल, मार्क्सवादी अध्ययन प्रतिष्ठानका संयोजक दिनेश चौलागाई, महासंघका केस राजु लामा लगायतले महत्वपुर्ण मन्तव्य राख्नुभएको थियो ।

 

कार्यक्रममा सहभगिहरुले पनि मजदुर आन्दोलनमा देखिएको विभिन्न समस्याहरुको विषयमा आ(आफ्ना धारणा राख्नुभएको थियो ।