आज मिति २०७८ साल बैशाख २० गते सोमबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । कुनै खबरले मनमा हर्ष र प्रसन्नता छाउन सक्छ ।

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा-आज स्वास्थ्य प्रति सजग रहन जरूरी छ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज वाणीमा कुशलता आउने दिन परेको छ । नयाँ काम र करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे-आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सेयरबजारबाट राम्रै लाभ हुनसक्छ, तर मनमा दोधारको अवस्था सिर्जना होला ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- आजको दिन घरमै हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । सामाजिक तथा परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ ।

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आज बोलीवचन, प्रवचन रभाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न मद्दत पुर्याउने र शरीरमा ऊर्जा प्रदान गर्नेछ ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । पारिवारिक भेटघाट हुनेछ ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा झंझट र समय खर्चनु पर्नेछ ।

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आज धार्मिक र सामाजिक महत्त्व क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । ज्यो.प.नारायणप्रसाद दुलाल