लमजुङमा ७ बर्षिया बालकको हत्या अभियोगमा १ महिला पक्राउ

काठमाडौं,बैशाख २०। लमजुङमा ७ बर्षिया बालकको हत्या गरेको अभियोगमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ।चैत ३० गते देखि बेपत्ता भएका लमजुङको दुधपोखरी गाउँपालिका वडा नं.३ फुलिनगिरी बस्ने राजकुमार गुरुङको नाबालक ७ बर्षीय छोरा यूकेश गुरुङको सव बैशाख ०१ गते साँझ फेला परेको थियो ।

 

घर देखी करिब ३०० मिटर टाढा खोल्सामा मृत अवस्थामा गुरुङको सव फेला परेको थियो।प्रहरीले घटनाको सुक्ष्म रुपमा अनुसन्धान गर्दै जादा गुरुङलाई हत्या गर्ने मृतककै छिमेकी ४८ बर्षिय फुलमाया कामी रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायाव उपरिक्षक गंगा बहादुर थापाका अनुसार युकेश गुरुङको घाँटीमा केही चिज वा वस्तुले प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

 

 

गुरुङको मृत सवलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, गण्डकी अस्पताल पोखराबाट पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

 

 

उनलाई बैशाख १२ गते घरबाटै पक्राउ गरीएको थियो । जिल्ला अदालतबाट म्याद थप अनुमति लिई उक्त घटनाको विषयमा थप अनुसन्धान भई रहेको छ ।