एमसीसी पास गर्न ओली सरकारले यति ठुलो षड्यान्त्र गर्दै निषेधाज्ञा गरेको अध्यक्ष गजुरेलको खुलासा

काठमाडौं,बैशाख २०। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले एक टेलिभिजनमा अन्तर्वार्ता दिदै उनले भने अहिलेको ओली सरकारले ठुलो षड्यान्त्रका साथ निषेधाज्ञा गरेको उनले बताएका छन्।

 

जनतालाइ कारोना भन्दै आतंकित गर्दै एमसीसी पास गर्ने ओली सरकारको ठूलो योजना रहेको नेता गजुरेलको दाबी  रहेको छ।अहिलेको ओली सरकारले त्यसरी एमसीसी पास गर्यो भने हामी युवा विद्यार्थीहरू त्यतिकै बस्ने वाला छैनौ राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सम्बन्धमा म जस्ता युवा विद्यार्थीले ओलीलाइ सिंहदरबार मै गएर घिसारेर सडकमा पछार्ने पनि गजुरेले बताए । 

 

नेता गजुरेलले भने अब पनि सरकारले एमसीसी पास गर्न खोजे त्यस विरूद्ध विद्यार्थी संगठन आवश्यक परे आम विद्यार्थीलाइ सँगै लिएर ओलीलाइ सडकमा ल्याएर घिसार्ने अध्यक्ष गजुरेलले बताउनुभयो ।

 

त्यस्तै गजुरेले भने राष्ट्रघाती एमसीसी परियोजना सम्झौता खारेजीको मागसहीत पटकपटक अखिल क्रान्तिकारीले सडकबाटै ओली  सरकारलाइ चेतावनी समेत दिएको अध्यक्ष गजुरेलले बताउनुभयो ।  

 

 सम्पूर्ण देशभक्त तथा राष्ट्रियता पक्षधर शक्तिहरु फेरि एक पटक एक हुने बेला आएको र राष्ट्रघाती सम्झौता विरुद्ध सबैले एक भएर ओली विरूद्ध लड्नु पर्ने बेला भएको गजुरेलले बताउनुभयो।  

 

त्यस्तै अनलाइन कक्षाको नाममा फेरि पनि शुल्क उठाउने शैक्षिक माफिया विरूद्ध सम्पूर्ण विद्यार्थीहरूलाइ यो निषेधाज्ञाको बेला पनि आफ्नो ठाउँबाट आवाज बुल्द गर्न गजुरेलले आग्रह समेत गर्नुभएको छ।  

 

त्यसैगरी निषेधाज्ञाको अवधिभर विद्यार्थीसँग कुनै पनि शुल्क अनलाइन शिक्षाको नाममा नमाग्न पनि उहाँले आग्रह गर्नु भएको छ। 

 

त्यस्तै ओली सरकारले जनताको उपचार गर्न सक्दै नौ भन्दै हात उठाएको प्रति आक्रोशित हुँदै उनले भने  यो भन्दा सरकारको लाचारी पन अरू के हुन सक्छ, जनतामा कारोनाको आतंक फैलाएर ओली सरकारले एमसीसी पास गर्ने मुख्य उदेश्यका साथ स्वास्थ्य क्षेत्रलाइ प्रयोग गरेको गजुरेलले बताउनु भयो । 

 

अहिलेको यो सरकारले जनताको स्वास्थ्यको बारेमा जिम्मा लिनु पर्दैन् जनता प्रति जफादेही हुनु पर्दैन राष्ट्रघाती र जनघाती मुद्धा पास गर्नको लागी अहिले ओलीले नाटक गरेका हुन केही समय पछि जनताले सबैकुरा बझ्ने छन् गजुरेलले भन्नु भयो। 

 

त्यस्तै स्वास्थ्य क्षेत्रका केही मेडिकल माफियाहरूले यो निषेधाज्ञामा स्वास्थ्य क्षेत्रमा जनतासँग लुट मचाउने योजना छ,भने त्यस्तो नगर्न अहिले नै आग्रह गर्दछौ र यदि त्यस्तो भएको खण्डमा माफियाहरूलाइ कारबाही गर्ने सम्मको चेतावनी दिन चाहान्छु।सरकारले गरेको निर्णय सम्म नमानेमा स्वास्थ्य क्षेत्रका माफियालाइ अब अखिल (क्रान्तिकारी)ले कारबाही गर्ने पनि चेतावनी दिनचाहान्छु ।