प्रचण्ड निकटका नियुक्ति हटाउँदै ओली सरकार

काठमाडौं,बैशाख २१ । सरकारले दुई वर्ष कार्यकाल बाँकी छँदै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माओवादी केन्द्रको कोटाबाट राजदूत नियुक्त दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन ।

 

यसअघि राजदूत लक्की शेर्पा आर्थिक मामिलामा विवादमा मुछिएपछि नोभेम्बर २०१९ मा सरकारले दाहाललाई अष्ट्रेलियाको राजदूत बनाएको थियो ।

 

ओली सरकारले प्रचण्ड निकट दाहाललाई फिर्ता बोलाए पनि ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानकी राजदूत प्रतिभा राणालाई भने निरन्तरता दिने निर्णय गरेको छ ।

 

पराजुली कांग्रेस उपसभापति विजयकुमार गच्छदार निकट हुनुुहुन्छ भने राणा कांग्रेस सभापति शेरबहादुर देउवाकी सासु हुनुहुन्छ ।

 

सरकारको पछिल्लो निर्णयले प्रधानमन्त्री ओली प्रचण्डसँग बदला लिने योजनामा रहेको थप पुष्टि भएको छ । माओवादी कोटाबाट नियुक्त भएका व्यक्तिहरुलाई एक एक गरेर प्रधानमन्त्रीलेहटाउँदै जानुभएको छ ।