बैतडीमा शव बोकेको जीप दुर्घटना हुँदा,चार जनाको मृत्यु,६ जना घाइते

सांकेतिक तस्विर

काठमाडौं,बैशाख २१। बैतडीमा शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

 

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से १ ज १८३ नम्बर जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ का २७ वर्षीय हिक्मत भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, ४० वर्षीय दीपक भण्डारी र ५० वर्षीय जितसिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ।  

 

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ भने जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ।

 

चट्याङ लागेर ज्यान गुमाएका वडा सदस्यको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने क्रममा जीप दुर्घटनामा परेको थियाे। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।