नेपालमा थप ७६६० जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्ला कति थपिए संक्रमित 

काठमाडौं,बैशाख २१। नेपालमा थप ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार १६ हजार १३१ जनामा पीसीआर परीक्षण गर्दा ७ हजार ५८७ र ५७१ एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको छ।

 

मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७७५ रहेको छ ।

 

 

  देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् । मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

कुन जिल्ला कति थपिए संक्रमित 

काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९जना, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 

प्रदेश १ को इलाममा ९, उदयपुरमा १०, ओखलढुंगामा १६, खोटाङमा ३, झापामा १७४, ताप्लेजुङमा ५, तेह्रथुममा ३, धनकुटामा ३, पाँचथरमा ५, भोजपुरमा १, मोरङमा २४६, संखुवासभामा ५, सुनसरीमा १२४ र सोलुखुम्बुमा ३ जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को धनुषामा १०४, पर्सा ११२, बारामा ३६, महोत्तरीमा ६५, रौतहटमा २६, सप्तरीमा ३२, सर्लाहीमा ३२ र सिरहामा २८ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ७ सय ७९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ११७, चितवनमा २२६ दोलखामा २२, धादिङमा ७५, नुवाकोटमा ८३, भक्तपुरमा ५१३, मकवानपुरमा ६९, रसुवामा ९, रामेछापमा २४, ललितपुरमा ६०१, सिन्धुपाल्चोकमा २८ र सिन्धुलीमा ३२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

 पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २४७, गोरखामा ३८, तनहुँमा २०, नवलपरासी पूर्वमा ३५, पर्वतमा १७, लमजुङमा २३, म्याग्दीमा ११, लमजुङमा २०, बागलुङमा ७ र स्याङजामा २० जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २७, कपिलवस्तुमा ६४, गुल्मीमा २६, दाङमा २०१, नवलपरासीमा २१, पाल्पामा ४८, प्युठानमा १२, बर्दियामा २८, बाँकेमा १९२, रुकुम पूर्वमा ४, रुपन्देहीमा ३६९ र रोल्पामा १७ जनामा कोरोना पाइएको छ।

 

 पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ४, जुम्लामा, जागरकोटमा ७, जुम्लामा १८, डोल्पामा २, दैलेखमा ३४, मुगुमा २, रुकुम पश्चिममा ३, सल्यानमा १८, सुर्खेतमा १२४ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ।

 

सुदूरपश्चिम प्रदेशको अछाममा ३०, कञ्चनपुरमा १२, कैलालीमा १४०, डडेल्धुरामा ४७, डोटीमा ५०, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा ४२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।