कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा सरकार अवैधानिक भन्दै विरोध

काठमाडौं,बैशाख २१। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा बनेको नयाँ सरकार असंवैधानिक भन्दै विरोध गरेका छन ।

 

 

अल्पमतको सरकार बनेको भन्दै दुवै दलको बैठकले आपत्ति जनाएका हो । नेपाली कांग्रेसको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीकै योजनामा प्रदेशहरुमा पनि असंवैधानिक काम भैरहेको आरोप लगाएको छ ।

 

 

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई अस्वीकार गर्दै अवैधानिक घोषणा गरेको छ ।

 

 

माओवादीले सुदुरपश्चिम र गण्डकी प्रदेशका प्रमुखलाई हटाएकोमा पनि आपत्ति जनाएको छ । ओली सरकारको यो कदमलाई उसले निरंकुशता भनेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदम पनि विवादमा पर्दै गएका छन ।