अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले माक्र्सको ऐतिहासिक २०४ औं जन्म जयन्तीको सम्झनामा प्रेस विज्ञप्ति जारी

प्रेस विज्ञप्ति 

        —————–
 
       ५ मे विश्व कम्युनिस्ट आन्दोलन र साम्यवादी आन्दोलनको एक ऐतिहासिक र अविस्मरणीय दिन हो । किनकि  आजकै दिन अर्थात् सन १८१८ मे ५ का दिन राइन समाचार पत्रको सम्पादक समेत भइसक्नु भएका माक्र्सवादका प्रवर्तक एवम् साम्यवादका सिध्दान्तकार कार्ल माक्र्सको जर्मनीको प्रशाको राइन प्रदेशभित्र पर्ने ट्रियर नगरमा जन्मनु भएको थियोे । र , सन १८८३  मार्च १४ का दि लण्डनमा देहावसान भएको थियोे 
       
आज माक्र्स जन्मेको २०३ वर्ष पूरा भइसकेको छ र विश्वभर माक्र्सको २०४ आौ जन्म जयन्ती मनाउने काम भइरहेको छ।
         
कार्ल माक्र्स विश्व सर्वहारावर्ग र उत्पीडित जनसमुदायका महान् नेता हुनुहुन्थ्यो । जर्मन निवासी फ्रेडरिक एंगेल्स ( सन १८२०  – १८९५ ) को सहयोगमा  सन १७४८ फ्रेब्रुअरी २१ का दिन घोषणा गरिएको विश्वविख्यात ” कम्युनिस्ट घोषणापत्र ” मार्फत माक्र्सले माक्र्सवादको निर्माण गर्नु भयो ।
   
माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो र यसको सिध्दान्त भौतिकवाद हो भने द्वन्द्ववाद यसको पध्दति हो । र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद विश्व सर्वहारावर्गको विश्वदृष्टिकोण हो ।
     
वास्तवमा बाह्य रुपमा विभिन्न प्रतिक्रियावादी , पुँजीवादी र साम्राज्यवादीहरुले माक्र्सवादमाथि भीषण हमला गर्दै आएका छन् । दुश्मनहरुले आन्तरिक रुपमा पनि माक्र्सवादमाथि हमला बोले र त्यसैक्रममा माक्र्सवादको आन्तरिक दुश्मनका रुपमा संशोधनवाद जन्मियो । माक्र्सवाद आन्तरिक र बाह्य दुबै प्रकारका दुश्मनका विरुद्ध संघर्ष गर्दै अगाडि बढ्यो र त्यो माक्र्सवाद – लेनिनवाद – माओवादका रुपमा विकसित हुन पुग्यो ।
       
माक्र्सवाद मानवीय श्रमशक्ति , प्रकृति विज्ञान र वर्गसंघर्षको धर्तीमा खडा थियो र त्यसलाई हल्लाउने ताकत कसैमा थिएन । त्यसैले त्यो विश्व सर्वहारावर्ग र उत्पीडित मानव जातिको मुक्तिको अपराजेय  सैध्दान्तिक हतियार बन्न पुग्यो । 
       
उत्पादनका निम्ति संघर्ष , वर्गसंघर्ष तथा नयाँ वैज्ञानिक आविष्कार एवम् प्राविधिक क्षेत्रमा भएका प्रगति र विश्वका विभिन्न देशहरूमा हुँदै आएका क्रान्ति तथा प्रतिक्रान्तिका परिघटनाका सन्दर्भमाथि ध्यान दिंदा आज माक्र्सवादका सामु गंभीर प्रकृतिका चुनौतीहरु थपिन पुगेका छन् । तर त्यस प्रकारका चुनौतीहरुको सामना गर्दै क्रान्तिको धरातलीय यथार्थ तथा ऐतिहासिक आवश्यकताका बीचबाट नयाँ संभावनाका ढोकाहरु खोल्ने  सामर्थ्य माक्र्सवादमा नै सन्निहित छ । किनभने माक्र्सवाद सामाजिक रुपान्तरण र क्रान्तिको ऐतिहासिक विज्ञान हो ।  
     
माक्र्सद्वारा   ऐतिहासिक भौतिकवाद र अतिरिक्त मूल्यको सिध्दान्तको आविष्कारको परिणामस्वरूप वैज्ञानिक समाजवादको जन्म भएकोले  माक्र्सवाद वैज्ञानिक समाजवाद , वर्ग , वर्गसंघर्ष , सामाजिक क्रान्तिमा बल प्रयोगको भूमिका , सर्वहारावर्गको अधिनायकत्व र साम्यवादको सैध्दान्तिक मान्यतामा आधारित छ ।
       
माक्र्सवादका प्रतिपादक कार्ल माक्र्सको १०४ जन्म जयन्तीको यस ऐतिहासिक दिनमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले माक्र्सवाद ऐतिहासिक आवश्यकता अनुसार विश्वसर्वहारा वर्ग र सिंगो मानव जातिकै मुक्तिको लागि जन्मिएकोले   माक्रवादको आौचित्य र सान्दर्भिकता अहिले पनि उत्तिकै छ भन्ने कुरामा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र प्रतिबध्दता जाहेर गर्न चाहन्छ र यसको आौचित्य तथा सान्दर्भिकताका बारेमा लेखन , बोल्न , प्रचारप्रसार गर्न र लागू गर्न समेत दृढ रहेको प्रतिबध्दता  समेत जाहेर गर्न चाहन्छ । र , आजको साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युगमा विश्व सर्वहारा क्रान्तिको विजयले मात्र माक्र्सवादको आौचित्य र सान्दर्भिकता साकार हुने विश्वास व्यक्त गर्दछ । धन्यवाद ।
                                                       क्रान्तिकारी अभिवादन सहित ।
 
मिति : ५ मई २०२१ 
 
                                                                                   ( हस्तबहादुर केसी )
                                                                                          अध्यक्ष 
                                                                         अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र 
                                                                        केन्द्रीय कार्यालय काठमाडौं , नेपाल