काठमाडौंका दुई अस्पताललाई सिडियोले सोधेको,यस्तो छ,स्पष्टीकरण

काठमाडौँ,बैशाख २३।कोरोना भाइरस संक्रमितसँग बढी शुल्क लिएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुई वटा निजी अस्पतालसँग स्पष्टीकरण सोधेको छ ।

 

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेज(केएमसी) अस्पतालसँग स्पष्टीकरण सोधिएको हो ।

 

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार औषधि उपचार गराउँदा बढी शुल्क लिएको भन्ने गुनासो आएपछि त्यसैको आधारमा के कसो हो भनेर स्पष्ट पार्न भनिएको छ ।

 

यदि ती अस्पतालले चर्को शुल्क लिएको प्रमाणीत भएका कानून अनुसार कारवाही हुने पराजुलीले बताए ।ती अस्पतालले जारी गरेको मूल्य सूची सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो ।