प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक सकिए लगत्तै बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं,बैशाख २३। प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बाेलाएका हुन।  

 

नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । स्थायी कमिटी बैठक सकिए लगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाइ भेट्न शितलनिवास पुगेका थिए ।