उपत्यकामा निषेधाज्ञा नमान्नेलाई प्रहरीले जरिवाना लिन सुरु

काठमाडौं,बैशाख २३। काठमाडौं उपत्यकामा निषेधाज्ञा नमान्नेलाई प्रहरीले जरिवाना लिन सुरु गरेको छ।  महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार निषेधाज्ञा नमान्नेलाई संक्रामक रोग ऐन–२०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा १ सय रुपैयाँ जरिवाना लिन थालिएको हो ।

 

 

परिसर प्रमुख एसएसपी अशोक सिंहका अनुसार निषेधाज्ञालाई थप प्रभावकारी बनाउन निषेधाज्ञा नमान्नेलाई जरिवाना लिन सुरु गरिएको हो । वैशाख २१ र २२ मा महानगरीय प्रहरी परिसर ललितपुरले ८४ जनालाई जरिवाना गरेको छ ।

 

 

बिहिबार (आज)बाट जरिवानालगायत कारावाहीमा थप कडाई गरिने प्रहरीले जनाएको छ । संक्रामक रोग ऐन–२०२० अनुसार स्थानिय प्रशासनलाई ३ सय सम्म जरिवाना र ६ महिना कैद सजाय गर्ने अधिकार छ ।