नेपालमा थप ९०७० जनामा कोरोना संक्रमण पुष्टि,५४ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,बैशाख २३ । नेपालमा थप ९०७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षण गर्दा ८९७० र ७७५ एन्टिजेन परीक्षण गर्दा  १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

 

काठमाडौं उपत्यकामा मात्र ३९७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी ३९७२ जनामा संक्रमण पुष्टि भएको हो ।

 

काठमाडौंमा बिहीबारसम्म २४ हजार ५३३, ललितपुरमा चार हजार ९७४ र भक्तपुरमा दुई हजार ९४५ जना सक्रिय संक्रमित रहेका छन् ।

 

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।

 

 कुल संक्रमितमध्ये हाल ७२ हजार ५६१ जना सक्रिय संक्रमित छन्। हाल ३१४ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। पछिल्लो २४ घण्टामा २ हजार ७०७ जना उपचारपछि डिस्चार्ज भएका छन्।

कुन जिल्लामा कति थपिए संक्रमित 

प्रदेश १ को इलाममा १४, उदयपुरमा ९, ओखलढुंगामा ७, खोटाङमा २, झापामा १५३, तेह्रथुममा ३, धनकुटामा ५, पाँचथरमा ४, भोजपुरमा ५, मोरङमा २५५, संखुवासभामा १८, सुनसरीमा १३३ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को धनुषामा १४०, पर्सा १०४, बारामा ४३, महोत्तरीमा ५५, रौतहटमा ३९, सप्तरीमा २४, सर्लाहीमा २८ र सिरहामा ४० जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ३ हजार १ सय ६३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ५२, चितवनमा ८६, दोलखामा ३६, धादिङमा ८३, नुवाकोटमा ४९, भक्तपुरमा २४२, मकवानपुरमा १२६, रसुवामा ४४, रामेछापमा १६, ललितपुरमा ५६७, सिन्धुपाल्चोकमा ४६ र सिन्धुलीमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३७५, गोरखामा ७४, तनहुँमा ४४, नवलपरासी पूर्वमा १, पर्वतमा १३, मुस्ताङमा १, म्याग्दीमा ३२, लमजुङमा ३४, बागलुङमा १२ र स्याङजामा २४ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ७३, कपिलवस्तुमा ५०, गुल्मीमा १९, दाङमा २४६, नवलपरासीमा १६०, पाल्पामा ८६, प्युठानमा ११, बर्दियामा ४२, बाँकेमा ३९८, रुकुम पूर्वमा १, रुपन्देहीमा १ हजार ६९ र रोल्पामा १० जनामा कोरोना पाइएको छ।

 

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ५, जाजरकोटमा ८, जुम्लामा १०, दैलेखमा ४३, रुकुम पश्चिममा १, सल्यानमा ३, सुर्खेतमा २०६ र हुम्लामा ४ जनामा कोरोना भेटिएको छ।

 

सुदूरपश्चिम प्रदेशको अछाममा ५९, कञ्चनपुरमा २२, कैलालीमा ११५, डडेल्धुरामा ४९, डोटीमा ३१, दार्चुलामा ३, बझाङमा २ र बैतडीमा ३० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।