आज मिति २०७८ साल बैशाख २४ गते शुक्रबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।

 

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

 

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज रचनात्मक कार्यबाट अरुको मनजित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । कृषि क्षेत्रमा बढी प्रगति होला ।

 

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ला । सामाजिक कार्य अघि बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।

 

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला ।

 

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- आज आफन्त सँगको सम्बन्धमा मजबुती आउनेछ । सेवामूलक कामको थालनी हुनसक्छ । शुभकार्यमा सरिक हुने योग पनि रहेको छ ।

 

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाइनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

 

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आज परिवारसँग रमाइलो भेटघाट हुनेछ । प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा सामान्य सफलता मिल्नेछ । दक्षिणा पनि हात पर्न सक्छ ।

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- आज श्रमको उचित मूल्याङ्कन होला । शुभ कार्य, कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्य व्यवसायमा बढी सफलता मिल्ला ।

 

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- आज आँटेको कार्यबाट सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत पनि बढ्ला, तर खनपीन र स्वास्थ्य प्रति सावधानी रहन आवश्यक छ ।

 

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तो लाभ लिन नमिल्ला । ज्यो.प. नारायणप्रसाद दुलाल