कति पारिश्रमिक लिन्छन् ‘इण्डियन आइडल’का निर्णायक

मुम्बई।भारतीय टेलिभिजन गायन रियालिटी शो ‘इण्डियन आइडल १२’ वर्तमान समयमा टेलिभिजनको सफल रियालिटी शो मानिन्छ ।

 

यो शोले दर्शकमाझ एआर रहमान, जया प्रदा, आनन्दजी, जितेन्द्र, एकता कपूर, धर्मेन्द्र, हेमा मालिनी, रेखा र नीतू कपूरलगायतका सेलिब्रेटी उपस्थित गराइसकेको छ ।

 

आजतकमा प्रकाशित समाचारअनुसार शोका प्रतिष्पर्धीहरु अरुणिता काञ्जीलाल, पवनदीप राजन, सवाई भट्टलगायतले आफ्नो सुरिलो र भावपूर्ण स्वरले कैयौंलाई प्रभावित बनाएका छन् । शोका सञ्चालक आदित्यनारायण झा हुन् । शोमा नेहा कक्कड विशाल र हिमेश रेशमिया निर्णायक छन् ।

 

 

यी निर्णायकको पारिश्रमिकको कुरा गर्ने हो भने नेहाले प्रति एपिसोड सर्वाधिक पारिश्रमिक लिन्छिन् । उनी एक एपिसोड वापत ५ लाख रुपैंयाँ लिन्छिन् । त्यस्तै विशाल ददलानी प्रति एपिसोड साढे चार लाख पारिश्रमिक लिन्छन् ।

 

त्यस्तै हिमेश रेशमिया एक एपिसोडबापत ४ लाख रुपैंयाँ बुझ्छन् । शोका सञ्चालक आदित्य प्रति एपिसोड २ दशमलब ५ लाख रुपैंयाँ लिन्छन् ।