कुरिलो खान स्वास्थ्यका लागि निकै लाभदायक:रोग प्रतिरोधात्मक क्षमता बढाउने,यस्ता छन्,पाँच वाटा फाइदै-फाइदा पुग्ने टिप्स

काठमाडौँ,बैशाख २४। काेराेना भइरस (कोभिट १९) को उच्च प्रकोप बढेसँगै स्वास्थको हेरबिचारमा मानव चासो बढेको छ । स्वास्थको लागि निकै लाभदायक मानिएको कुरिलो यतिखेर खोजी/खोजि खान थालिएको छ । स्वास्थबिदहरुले पनि कुरिलो लाई उच्च प्रथामिकतामा राखेका छ्न् ।

यस्ता छन्,पाँच वटा उपयाेगी फाइदै फाइदा    

१- कुरिलो स्वास्थ्यका लागि निकै उपयोगी चिज हो । यसको सेवनले शरीरलाई निकै फाइदाजनक हुन्छ । कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउँछ ।

 

२- यसको सेवनले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त,महिलाहरुको स्तनमा दुधको मात्रा बढाउने, दुर्बलता हटाउन, स्वेतप्रदर तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ ।

 

३- कुरिलोलाई तरकारी बनाएर तथा यसको सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन, प्रोटीनका साथै बिभिन्न पौष्टिक तत्व पाइन्छ ।

 

४- यसलाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधीको रूपमा प्रयोग ।

 

५- कुरिलोको नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउँछ साथै क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ ।

 

कुरिलो भन्नेवित्तिकै धेरैलाई मनपर्छ । कुरिलोको तरकारी होस् वा सुप विभिन्न तरिकाले कुरिलो खाने गरिन्छ ।कुरिलो खान जति मीठो हुन्छ ।

 

यो स्वास्थ्यका लागि उति नै महत्त्वपूर्ण हुन्छ, जसले गर्दा कुरिलो खानु शरीरका लागि निकै फाइदाजनक हुन्छ । कुरिलो तरकारीका लागि मात्र होइन, यसको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीमा मिलाएर खाने गर्नाले पुरुषहरूको वीर्य बढाउँछ ।

 

कुरिलो खानाले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, महिलाहरूको स्तनमा दूधको मात्रा बढाउने, दुर्बलता हटाउन तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ ।

 

 

कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ । कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन, फाइबर तथा क्याल्सियम साथै विभिन्न पौष्टिक तत्त्व पाइन्छ ।

 

यसलाई विभिन्न रोगहरूमा अत्यन्त लाभकारी औषधिको रूपमा प्रयोग गरिन्छ । कुरिलोको नियमित सेवनले क्यान्सर हुनबाट बचाउँछ साथै क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ ।

 

यस्तै, भर्खरै बच्चा जन्माएका सुत्केरी महिलाहरूमा दूध नआउने समस्या भएमा नियमित रूपमा कुरिलो खाने गर्नाले दूध आउने चिकित्सकहरू बताउँछन् ।