टिकटक बनाउने क्रममा भीरबाट खसेर एकजना युवाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं,बैशाख २४।टिकटक बनाउने क्रममा भीरबाट खसेर एकजनाको मृत्यु भएको छ । कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर धरान ५ का १८ वर्षीय सुवास परियार मृत्यु भएको हो ।

 

 

धरानबाट ओखलढुङ्गाका लागि छुटेको सुमोमा चढेका उनी हर्देनीमा गाडी बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए ।

 

 

टिकटक बनाउने क्रममा उनी भिरबाट लडेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएके छ ।