आज मिति २०७८ साल बैशाख २६ गते आइतबार भगवानको दर्शन गर्नुहोस् र राशिफल पढ्नुस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज तपाईंको सामान हराउन सक्छ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम पनि गर्नसक्छ ।

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे-आज शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ ।

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध र मन चंचलता हुने समय पनि छ ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मूल्याङ्न हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनुहोला ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । महिला वर्गबाट विशेष सहयोग मिल्नसक्छ ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । मन खिन्न हुने स्थिति आउनसक्छ । नजिकको व्यक्तिबाट धोका पाइएला, सचेत रहनुहोला ।

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज कुनै कुराले अनुहारमा चमक आउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा भने सामान्य सफलता मिल्ला ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मूल्याङ्न हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनुहोला ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । नयाँ कमको थालनी हुनसक्छ । धार्मिक कार्यमा मन पनि जायला ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम विस्तारै अघि बढ्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल